खाद्यान्न सङ्कट बढेकाेमा उत्तर कोरियाली नेता किमको चिन्ता

काठमाण्डाै - उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ । गएकाे वर्ष आँधीका कारण आएको बाढीले खेतिपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको उहाँले बताउनुभयो । उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका कृषि उपजको मूल्य धेरै बढेको छ । उत्तर कोरियामा एक किलो केरा स्थानीय तीन हजार वनमा बिक्री भइरहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले क...