नर्भिकले बाँझोपन र स्त्री रोगको निशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।  बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ।