मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ । अमेरिकी स्पेस एजेन्सी (नासा) ले यसलाई ऐतिहासिक पल भनेको छ । पार्कर सोलार प्रोबले सूर्यको ‘कोरोना’ मा पुगेर यो उपलब्धि हासिल गरेको हो । यो उपलब्धि गत अप्रिल महिनामा नै हासिल गरे पनि तथ्याङ्कहरूको समीक्षापछि अहिले पुष्टि भएको हो । पार्करले सूर्य कसरी काम गर्छ भन्ने विषयमा नयाँ तथ्याङ्क हासिल गर्न सफल भएको नासाले बताएको छ ।‘जसरी चन्द्रमामा पुगेर वैज्ञानिकहरूलाई यो कसरी बन्यो भन्ने कुरा बुझ्