छठ पर्वमा काठमाडौं महानगरको विशेष सरसफाइ

काठमाडौं : काठमाडौं महानगरपालिकाले छठ पर्व विशेष सरसफाइ गरिरहेको छ। सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।यससँगै काठमाडौंका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन्। श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाइ गरेको वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राई