टेलिकम कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, १४ भदौ । नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि स्थगित भएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि आन्दोलन स्थगित भएको हो । कर्मचारीले टेलिकम व्यवस्थापनविरुद्ध साउन ५ गतेदेखि आन्दोलन सुरु गरेका थिए । […]