मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई जनही एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षका लागि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन ल्यापटप वितरण गरिने बताएका छन् ।