बाँकेमा सर्पले डस्दा गर्भवती महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीया सरिता चमारको उपचारका क्रममा सोमबार भेरी अस्पतालमा मृत्यु भएको हो ।
कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक […]
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइयामा सर्पले डस्दा आधारभूत विद्यालयका कार्यालय सहयोगीको आज बिहान मृत्यु भएको छ । १८ वर्षीय बैजनाथ भुजको बिहान ६ बजेतिर मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा भुजलाई विषालु सर्पले टोकेको थियो । सर्पले...
दाङ - दाङकाे तुलसीपुरमा सर्पले डस्दा एक किशाेरीकाे ज्यान गएकाे छ । तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
वलीलाई घरमा सुतिरहेको समयमा हिजाे दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकाे थियाे ।
उनलाई थप उपचारका लागि नेपालगञ्जकाे भेरी अस्पताल पठाइए पनि आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
दाङ - सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।
दाङ – सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । सर्पले डस्का अर्का एक जना बिरामी भएका छन् ।
सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।
यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी हुनुभएको छ । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
दमक । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।
बैतडी । सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–७ नुवाघरका ५५ वर्षीय करे दमाइ रहेकाे प्रहरीले जनाएकाे जनाएकाे छ। घरमै सुतिरहेका बेला शुक्रबार बिहान उनलाई सर्पले डसेकाे हाे । सर्पले डसेकाे केहीबेरमै उनकाे मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभएकाे छ ।
जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिए […]
महोत्तरी, २३ भदौ । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी […]
दाङ – सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । सर्पले डस्दा देउखुरीको गढवा गाउँपालिका–७ विजयपुरकी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएकाे हाे ।
सर्पले डस्दा अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि त्यसकाे केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
शुक्रवार बिहान गोठमा पराल लिन गएको समयमा बाेहाेरालाई गोमन सर्पले डसेको थियो ।