एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम दोस्रो रनरअप हुन सफल भएको छ । हरेक देशबाट प्रतिनिधि हुने यस रोबोकनमा नेपालबाट त्रिभुवन विश्वविद्यालय आईओई टिमले सहभागिता जनाएको थियो ।
नेपालले विश्वस्टेजमा भारतको टिम इन्डिया यूनिभर्सिटीः निर्मा यूनिभर्सिटी र टिम थाइल्याण्डः नाखोनायोक टेक्निकल कलेजलाई हराउँदै टेबल टप भएर सेमिफाइनलमा...