काठमाण्डाै - केही दिन अगाडिको लगातारको वर्षाका कारण आएको बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
पानी पर्न छाडेपछि तराईलगायत धेरै ठाउँका प्रभावितको जनजीवन सामान्य बन्दै गएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लाका धेरै ठाउँका प्रभावितलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको समस्या भएको हो ।
पहिरोका कारण सबैभन्दा धेरै प्रभावित भएको बझाङको थलारा गाउँपालिकाका प्रभावितहरुलाई खाद्यान्न, औषधि र खानेपानी लगायतको समस्या भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्व...