काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले धमाधम उम्मेदवारको नाम सिफारिस गर्न शुरु गरेको छ। एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा विद्यार्थी नेता सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाईँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको