‘हाम्रो कथा हामीले नै भन्नुपर्छ, कुनै विदेशी आएर भनिदिंदैनन्’

काठमाडौं । अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले फिल्म ‘पानीफोटो’ले संक्रमणकालीन न्यायलाई टुंग्याउन सरकारलाई दबाब दिने आशा राखेका छन् । सशस्त्र द्वन्द्वको त्रासदीलाई बुझ्न युवापुस्ताले फिल्म हेर्नुपर्ने उनको सुझाव छ । अनलाइनखबरसँग फिल्मबारे संवाद गर्दै उनले भने, ‘फिल्म हेरिसकेपछि मान्छेलाई यी कुरा मिलेर टुंग्याउनुपर्छ भन्ने महसुस हुनसक्छ । दर्शकले आवाज उठाउन सक्छन् ।’ शान्ति प्रक्रियाको १५ […]