एजेन्सी।अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ।प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन्।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो। त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ।प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ।