जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका– ३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन् । लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले निज क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको उल्लेख जनाएको छ । निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन् । क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमा समेत चोट पु&ye...