च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हरायो ।
रियलका रोड्रिगो र भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।
पहिलो हाफमै सख्तरका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काएका थिए । जितसँगै रियलले समूह एफमा ५ अंकको अग्रता बनाएको छ । उसको तीन खेलमा ९ अंक छ । त्यस्तै समान खेलमा सख्तरको ४ अंक रहेको छ ।
गएराती भएको अर्को खेलमा म्यानचेस्टर सिटीले कोपनहेगनलाई ५–० गोलको फराकिलो अन्...