हालान्डको रेकर्डमा सिटीको गोलवर्षा

अर्लिङ हालान्ड प्रिमियर लिगमा घरेलु मैदानमा खेलिएका लगातार तीन खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि सहज जीत हासिल गरेको छ । हालान्ड र फिल फोडेनले ह्याट्रिक गर्दा युनाइटेडले ६–३ को लज्जास्पद हार बेहोर्न बाध्य बनेको हो ।खेलको आठौँ मिनेटमा नै फिल फोडेनले सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले ३ मिनेट अन्तरमा दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ४४ औँ मिनेटमा फोडेनले सिटीका लागि चौथो गोल थपे ।दोस्रो हाफमा सुधारिएको