‘अन्तर मन्त्रालय समन्वयको अभावमा विकासका काम रोक्न हुँदैन’

काठमाण्डाै – सांसदहरूले अन्तर मन्त्रालय समन्वयको अभावमा विकास/निर्माणका काम रोक्न नहुने बताएका छन् ।  राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बिहीवारको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरूको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने क्रममा सांसदहरूले मन्त्रालयहरूबीच समन्वय नहुँदा विकासका काम प्रभावित हुने गरेको बताएका हुन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद दीनानाथ शर्माले विकास निर्माणका काममा विभिन्न मन्त्रालय र वन मन्त्रालयबीच झगडा ...