कपिलवस्तुको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको छ । शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।
झापाको गौरादह नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त
डाेटी - जिल्ला प्रहरी कार्यालय डोटीले यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ ।
प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ काे सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले उत्पादन गरेकाे ३५ लिटर गरी जम्मा १७० लिटर छ्याङ नष्ट गरेकाे हाे ।
समुदायमा शान्ति,...
डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ […]
दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए । भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
बाँके : बाँके आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन्।
बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भीषण आगलागी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको बताइएको छ।
आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ५ वटा दमकलको अथक प्रयासबाट नियन्त्रण प्रजिअ कुरुम्बाङले जानकारी दिए। साथै घटनामा ३ जना घाइते भएका ...
भक्तपुर : भक्तपुर- ९ टुमुचोस्थित मालपोत कार्यालयनजिकै रहेको एक खाजा घरमा गएराति आगलागी भएको छ।
उदयपुर लेखगाउँका कृष्णबहादुर राईले सञ्चालन गर्दै आएको रेडिहाङ खाजा घरमा आगलागी हुँदा ५ सिलिण्डर ग्यास, फ्रिज र बा८५प ४२३८ नम्बरको पल्सर मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोही टहरा नजिकै रहेको ट्याङ्कीसमेत जलेर ...
अविरल परेको पानी र स्थानिय नदी खोलाहरुमा आएको बाढीको कारण सुनसरीका दक्षिवर्ती अधिकांश गाउँपालिका र नगरपालिका डुवानमा पर्दा तीन हजार घर टहरा नष्ट भएका छन् भने १२ परिवार विस्थापित भएका छन् ।