वैशाख १ गतेबाट पहिलोपटक आर्थिक गणना सुरु हुँदै - Naya Patrika

उद्योग, व्यवसाय, विभिन्न संघसंस्था, प्रतिष्ठानलगायत क्षेत्रको आर्थिक विवरण संकलन गरिने- नेपालमा २०७५ वैशाख १ बाट पहिलोपटक आर्थिक गणना सुरु हुँदै छ । त्यसका लागि खटिने कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

विद्यालयनजिक पाठ्यपुस्तक

यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ पुगेको पुस्तक केही दिनमै विद्यालयमा पुग्ने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् । वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । पाठ्यपुस्तक भने ७७ वटै जिल्लामा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

भक्तपुरमा बिस्का जात्रा  सुरु हुँदै

काठमाण्डाै - भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज बेलुका तमारीमा रहेको पाँचतले मन्दिर अगाडिबाट नकिङ्जु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन बेलुका अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ। लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरि...