१२ मंसिर, लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।
सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशीसहरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उदघाटन गरेका हुन् ।
कार्यालय उदघाटनमा गर्दै उनले भूकम्पछिको पुनर्निर्माणको गतिलाई तीव्रता दिइने बताए । लमजुङका …