अम्बा स्वास्थ्यको लागि एकदमै फाइदा, कब्जियतको लागि त धेरै नै राम्रो

सविता सिंह ठकुरी : अम्बा (गाभा) एउटा मिठो र स्वास्थ्यलाई फाइदा दिने फल हो । अम्बा एउटा सानो फल भएपनि हाम्रो स्वास्थ्यलाई निकै फाइदा दिने गर्दछ । १०० ग्राम अम्बामा ५१ क्यालोरी पाइन्छ । यसमा फाइबर ५.२ ग्राम, एन्टी–अक्सिडेन्ट र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा दिने गर्दछ । […]