काठमाण्डाै - भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।
कोरोनाविरुद्धको खोपका लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै उत्पादन भएको २५ करोड खोप उपलब्ध हुन सक्ने बताउनु भएको छ । यही जुन महिनाको अन्त्यसम्ममा सिरम इन्स्टिच्युट अफ इण्डियाले खोप उत्पादन ५० प्रतिशतले बढाउने तयारी गरेको उहाँले बताउनु भएको छ ।
यसपछि खोप उत्पादक कम्पनीले प्रतिमहिना १० देखि १२ करोड खोप उत्पादन गर्न सक्ने उहाँको भनाइलाई उदृत ...