असोज १, काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले फण्डले प्रस्ताव गरेको ३३ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।
बिहीवार कायम फण्डको अन्तिम इकाईमूल्य १६ रूपैयाँ १५ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ८५ पैसा तोकेको हो । फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।