काठमाडौं । सरकराले सरकारी निकायसँग भएको पुराना सवारी साधन र सामानहरु ६ महिना भित्र बिक्री गर्ने भएको छ । संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यस्ता साधन र सामानहरु ६ महिना भित्र लिलामी गरेर बिक्री गरिने बताए ।