सर्वोच्चले आप्रवासी भनेपछि सिक्किममा आन्दोलन चर्किदै

२३ माघ, काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनेपछि सिक्किममा आन्दोलन चर्किएको छ । सर्वोच्चको फैसलाले नेपाली भाषलाई अपमानित गरेको भन्दै सिक्किमको प्रमुख प्रतिपक्ष दल सिक्किम डेमोक्रेटिक फ्रन्टले शनिबार र आइतबार सिक्किम बन्दको घोषणा गरेको थियो । बन्दका क्रममा विभिन्न ठाउँमा प्रहरीसँग धरपकड र सिक्किम डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड समेत भएको थियो […]