५ साउन, जनकपुरधाम । उपचारको क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पताल तनावग्रस्त बनेको छ । जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो । बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी उनको आज शुक्रबार दिउँसो मृत्यु भएको हो । उनको मृत्युभएपछि आक्रोशित आफन्तजन र स्थानीयबासिन्दले अस्पतालमा प्रदर्शन गरेका छन् । आफन्तजनले […]