आर्मेनियाका प्रधानमन्त्रीले जिते आमनिर्वाचन, युद्ध हारे पनि घटेन लोकप्रियता

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको दलले समयअगावै आह्वान गरिएको संसदीय निर्वाचनमा ५३.९ प्रतिशत मत ल्याएर विजय हासिल गरेको छ ।    अजरबैजानसँगको युद्धमा हारेपछि पाशिन्यानलाई राजीनामा दिएर आमनिर्वाचन घोषणा गर्न दबाब परेको थियो ।  तर उनका प्रतिद्वन्द्वी रोबर्ट कोचार्यानको दलीय गठबन्धनले जम्मा २१ प्रतिशत ल्याउन सक्यो ।  विजेता दल वा गठबन्धनले कम्तीमा ५१ प्रतिशत सीट जिते मात्र सरकार गठन गर्न पाउँछन् ।  आरम्भिक नतिजा आउन थालेलगत्तै पाशिन्यानले विजय घोषणा गरेका थिए । तर कोचार्यानको गठबन्धन...