‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत : आकाश, पूजा, सोनमको त्रिकोणात्मक प्रेम कथा

१७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि(रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् । गीतमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव(अभिनेता सोनम तोप्देनको अभिनय छ । संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बु