रुसी सेनामा भर्ती हुन गएका १०० जना नेपाली हराएका छन् : परराष्ट्रमन्त्री

काठमाडौं :  परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती हुन गएका करिब  १०० जना नेपालीहरू हराइरहेको भन्ने बारेमा मन्त्रालयमा उजुरी परेको बताएका छन्। मंगलबार राष्ट्रिय समाचार समिति रासससँगको संवादमा उनले यस्तो खुलासा गरेका हुन्।संवादका क्रममा उनले भनेका छन्, ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सातजना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।