केन्द्रीय सुरक्षा समितिसँग गृहमन्त्रीको छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरको छन्।मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन्।बैठकपछि गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही दुई पक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए। 

सम्बन्धित सामग्री

निर्वाचन र उच्च स्तरीय भ्रमण सुरक्षामा गृहमन्त्रीको चासो

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन सुरक्षाको विषयमा चासो राख्नुभएको छ।