पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुकेर गणतन्त्रको विरोध गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिमा पुगेपछि लोकतन्त्रलाई लात्तले हानेको आरोप लगाएका छन्।लोकतान्त्रिक–बाम गठबन्धन लमजुङद्वारा लमजुङको राइनासमा आयोजित चुनावी कोणसभामा उनले नेपाली काँग्रेस र माओवादी मिलेर समावेशी सिद्धान्तसहित गणतन्त्र ल्याएको भए पनि एमाले गुटको नेतृत्वले शक्तिमा आएपछि संविधान च्यात्ने, लोकतन्त्रलाई लात्तले हान्ने, राज्य संयन्त्र कब्जामा लिएर हिटलरको शासन चलाउन ख