पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएपछि डोल्पाली जनतामा खुसीयाली छाएको हो।