नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका ३८ वर्षीया महिलाको मृत्यु भएको छ। बर्दिया बाँसगढी नगरपालिका–९ का ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ। असोज २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]