भिजिट भिसा प्रकरण, मानव तस्करी रोक्न निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मानव तस्करी रोक्न दीर्घकालीन नीति तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी भइरहेकोप्रति आइतबार समितिको बैठक बसेको थियो। बैठकले मानव बेचबिखन मानवताविरुद्धको अपराध भएकाले नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो।