एसिड आक्रमण पीडितको आजीवन निःशुल्क उपचार

काठमाडौं। एसिड आक्रमण परेका व्यक्तिको उपचार आजीवन निःशुल्क हुने भएको छ। ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८’ले एसिड आक्रमणसम्बन्धी सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले व्येहोर्ने स्पष्ट पारेको छ। कार्यविधिअनुसार कस्मेटिक उपचार बाहेकका अन्यमा लागेको खर्च अस्पताललाई सरकारले सोधभर्ना गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

अब एसिड पीडितको यी चार अस्पतालमा निःशुल्क उपचार हुने

काठमाडौं, ८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले एसिड आक्रमण पीडितको उपचारको लागि निशुल्क उपचार हुने चार अस्पताल तोकेको छ । सरकारले काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल र कीर्तिपुरको अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको हो । देशका जुनसुकै स्थानका एसिड पीडितहरुले राजधानीका यी चार अस्पतालमा निशुल्क उपचार गर्न सक्ने मन्त्रालयले […]