एमाले बैठक : प्रतिवेदनमाथि छलफल जारी

नेकपा (एमाले) को बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको बाँकी प्रतिवेदन प्रस्तुत गर्ने कार्य सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकबारे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार बिहानदेखि सुरु भएको बैठकमा बागमती प्रदेशको तर्फबाट सचिव गोकर्ण विष्टले प्रतिवेदन प्रस्तुत गर्नुभएको बताउनुभयो ।