काठमाडौं । एक अज्ञात व्यक्तिबाट सामाजिक सञ्जालमार्फत आफूहरुलाई बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशलले प्रहरीमा उजुरी दिएका छन् । धम्कीबाहेक अज्ञात व्यक्तिले आफ्नी धर्मपत्नी कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२ (अपराधिक धम्की) र ३५४–डी (पछ्याएकोमा) अन्तर्गत सान्टाक्रुज पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन् […]