काठमाडौं, ३० फागुन। पछिल्लो २४ घण्टामा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १४८ जनाले भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज ५ हजार ४ सय १८ जनामा परीक्षण गरिएको थियो । आज निधन हुनेको संख्या शून्य रहेको छ।