विराटनगर : विराटनगरको सहिद रंगशालामा जारी छैटाैं विराट गोल्डकपमा पाहुना टिम भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनल प्रवेश गरेको छ। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई विराटनगरले ३–० ले हराएको हो। जितसँगै विराटनगरले चैत ३० गते हुने एपिएफ क्लब र नेपाल पुलिसबीचको विजेतासँग खेल्ने छ। एकपक्षीय खेलमा विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे। खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल