प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि अब मेजर अपरेसन नै जरुरी रहेको बताएर अर्थतन्त्र सिकिस्त छ भन्ने त स्वीकार गर्नुभो, तर त्यो मेजर अपरेसन आफू, सरकारका मन्त्री र ठूलाबडाहरुबाटै शुरुवात गर्नुपर्ने अवस्थालाई चाहिँ जानाजान लुकाउने प्रयास गर्नुभयो । राज्यकोषबाट चाहिनेभन्दा बढी सेवासुविधा लिइरहेका प्रधानमन्त्रीले भाषणमा अर्थतन्त्रको चिन्ता गरिरहँदा आमनागरिकले त्यसको प्रत्यक्ष पीडा भोगिरहेका छन् । गोजीमा सुको छैन । आयआर्जनको बाटो झन्झन् साँघुरिँदैछ । माम र दामको लागि चाहिने काम पाउनै मुस्किल छ । काम पाए ...