जुम्ला – पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका ४ गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।
धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लास्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरामात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो...