वीरगन्मा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ ।
नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा वीरगन्ज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगन्ज उद्योग वाणिज्य संघको सहआयोजनामा फागुन १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो । वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता वीरगन्ज म्याराथन हुन लागेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।