बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ । संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक …