मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने

जनकपुरधाम– शुक्रबारबाट एसईईको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुनेछ । मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ परीक्षार्थी रहेका छन् । शिक्षा विकास निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४, धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार […]

सम्बन्धित सामग्री

मधेशबाट ८१ हजार ७६८ विद्यार्थी एसईई दिने

मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा क ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई चैत १५ गतेदेखि सुरु हुनेछ ।

एसईई नतिजा : कुन प्रदेशकाे अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । भर्खरै राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई परीक्षामा वागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, लुम्बिनी र प्रदेश १ को नतिजा पनि तुलनात्मक रुपमा राम्रो रहेको छ । राष्ट्रिय परीक्षा बोर्डको नतिजाअनुसार मधेश प्रदेशका एक हजार ५३१ जना (१५ प्रतिशत)ले विद्यार्थीले सबैभन्दा उच्च ३.६ देखि ४ जीपीए ल्याएका छन् भने […]

सामाजिक उद्यम प्रवर्द्धनका लागि नबिलले खुलायो आवेदन

काठमाडौं (अस) । नबिल बैंकले सामाजिक उद्यम प्रवर्द्धनका लागि आवेदन आह्वान गरेको छ । नबिल स्कुल अफ सोसियल आन्ट्रपे्रनरशिप (नबिल एसईई) अन्तर्गत उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको हो । बैंकले फेलोशिप कार्यक्रम र प्रमाणपत्र  कार्यक्रममध्ये पहिलो ब्याच अन्तर्गत प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरेको बताइएको छ । फेलोशिप कार्यक्रम भने यसअघि नै शुरू भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायत विषयलाई जोड दिने बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रमबाट सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव बढाउने परियोजना तथा सोचलाई उद्यममा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्नेछ । कार्यक्रमका लागि बैंकले सातओटै प्रदेशका विभिन्न सात कलेजहरूसँग यसअघि नै साझेदारी गरिसकेको छ । कार्यक्रमबाट एक वर्षमा ७०० तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने लक्ष्य बैंकले लिएको छ । उद्यमशीलता प्रवर्द्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् । आवेदकहरूले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रममा सहभागीको छनोट गरिने बैंकले बताएको छ । छनोटमा परेका सहभागीलाई सामाजिक उद्यमशीलता सम्बन्धी विभिन्न विषयमा प्रयोगात्मक र व्यावहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महीनाको प्रशिक्षणपछि सहभागीहरू उद्यमशील सोच र लगानी योग्य व्यावसायिक योजना तयार गर्न योग्य हुने बैंकले बताएको छ । बैंकका अनुसार प्रदेश १ मा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्जको वीरगञ्ज पब्लिक कलेज र बागमतीमा ललितपुरको क्याम्पिएन कलेज साझेदार रहेका छन् । त्यस्तै गण्डकीका लागि पोखरास्थित ला ग्राण्डी इन्टरनेशनल कलेज, लुम्बिनीका लागि बुटवलको क्षितिन इन्टरनेशनल कलेज, कर्णालीका लागि सुर्खेत मोडेल कलेज र सुदूरपश्चिम प्रदेशका लागि कैलालीको  सुदूरपश्चिमाञ्चल एकेडेमी साझेदार छन् ।

एसईई परीक्षा कतै मर्यादित, कतै चोरी

माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। मधेश प्रदेशमा एसईई परीक्षा विगतभन्दा यस वर्ष मर्यादित देखिएको छ। तर केही परीक्षा केन्द्रमा नयाँ प्रविधिको माध्यमबाट परीक्षामा अमर्यादित कार्यहरू भइरहेको पाइएको छ। नयाँ प्रविधिको प्रयोग गरेर चिट चोराउने कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकको संलग्नता पाइएको छ।

एसईई परीक्षा मधेशमा उनासी हजार विद्यार्थी

मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरका जिल्लामा २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ।

भयरहित वातावरणमा एसईई परीक्षा सञ्चालन हुन्छ : शिक्षामन्त्री यादव

मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ।

‘एसईई परीक्षा प्रभावकारी बनाइने’

मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले मधेशमा विगतभन्दा यस वर्षको एसईई परीक्षा सफल र प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो। मधेश प्रदेश शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयद्वारा सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सुरक्षा निकायका प्रमुखसँगको अन्तक्र्रियामा मन्त्री यादवले उक्त कुरा बताउनुभएको हो। प्रदेशको शिक्षा व्यवस्थालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले आगामी एसईई परीक्षा विगतभन्दा सफल बनाउने योजनामा प्रदेशका आठै जिल्लाका सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।