एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। करिब ६ घण्टासम्म कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा संसदीय दलको नेताको निर्वाचनबारे गम्भीर छलफल भएको महासचिव शंकर पोखरेलले बताएका छन् । त्यस बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले बिहीबार गरेको प्रतिनिधिसभाको सम्बोधन, नेता-कार्यकर्तामाथि साइबर आक्रमण, सरकारले […]