साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । […]