ओली, प्रचण्ड र माधवलाई घनश्यामका ५ सुझाव : माफी सप्ताह आयोजना गर्नुस् !

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्षमाथि प्रश्न गर्न सक्ने कम्युनिस्ट पार्टी बनाइनुपर्ने बताएका छन् । साथै उनले नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन वामपन्थी एकता आवश्यक रहेको र त्यसका लागि प्रमुख तीन कम्युनिस्ट पार्टीका नेताहरूले ५ वटा काम गर्न जरुरी रहेको बताए ।बुधबार काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : सङ्कट र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै भुसालले आफूले विगतदेखि नै कम्युनिस्ट एकताको पक्षमा वकालत गरेको भन्दै आफूले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमसहितको