प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद्लाई थप विस्तार गर्नु भएको छ । मन्त्रिपरिषदमा बिहीवार थप भएका मन्त्रीहरुमा सत्तारुढ नेकपा एमालेबाट ६ जना र एक  जना राज्यमन्त्री  तथा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक  जना मन्त्री रहेका छन्। प्रधानमन्त्रीले खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गर्नुभएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अव २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन  जना उपप्रधानमन्त्री भएका छन् भने १८ जना मन्त्री र तीन जना राज्यमन्त्री भएका छन् ।  यसैवीच  आज गरिएको मन्त्रिपरिषद विस्तारमा खगराज अधिकारी गृहमन्त्री भएका छन् । नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री भएकी छन् ।  हेर्नुहोस् विस्तारित मन्त्रिमण्डलको सूचि :

सम्बन्धित सामग्री

आठ मन्त्रीको नियुक्तिपछि यस्तो बन्यो 'ओली क्याबिनेट'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छिन्। उनीह...

गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । हाल सात वटा मन्त्रालयको जिम्मा आफैले लिएका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तार गरेका हुन् ।