मेष
यो हप्ता केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ । भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । अधिकारका लागि केही संघर्ष हुनसक्छ । प्रतिस्पर्धीहरुले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । टाढाको यात्राको संभावना छ ।
वृष
यो साता पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु रा...