काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ९ हजार ८४४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा तीन हजार ४२२ जना छन् भने ब्राजिलमा १ हजार २१० जनाको मृत्यु भएको छ। अमेरिकामा ३१२, टर्कीमा ३४०, रुसमा ३४२, कोलम्बियामा ४८५, इरानमा ३९४, पेरुमा ३३७, मेक्सिकोमा २६१ जनाको मृत्यु भएको छ ।