ललितपुर कांग्रेसमा देउवा समूह विभाजित

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुँदैछ । जसअन्तर्गत ललितपुरमा शुक्रबार जिल्ला अधिवेशन हुने भएको छ ।यसपटक ललितपुर कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा पक्ष विभाजित भएको छ । ललितपुरमा देउवा पक्ष तीन समूहमा छिन्नभिन्न भएको छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा देउवा […]